पोखरा मोटर र्याली सम्पन्न
onlinekhabar.com · Sat Mar 22 16:42:42 GMT 2025
९ चैत, पोखरा । गण्डकी अटोमोबाइल्स संघको आयोजनामा पोखरा मोटर र्याली २०२५ भव्य रूपमा सम्पन्न भएको छ । र्याली वाडा अटो शोको विशेष कार्यक्रमको रूपमा आयोजित गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय बिन्दु कुमार थापाले गरेका थिए । अटोमोवाइल क्षेत्रमा क्रियाशील नेपाल अटोमोबाइल्स एसोसिएसनको गण्डकी प्रदेश संघ गण्डकी अटोमोबाइल्स संघको आयोजनामा भएको रोमाञ्चक प्रतिस्पर्धा र उत्कृष्ट प्रदर्शनले भरिएको यो मोटर र्यालीमा ७३ जना प्रतिस्पर्धीले नाम दर्ता गराएका थिए । जसमा ५३ जना पुरुष र २० महिला ड्राइभरहरूले भाग लिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)