राजनीतिक अभियानमा दलहरू
ekantipur.com · Sat Mar 22 17:04:41 GMT 2025
काठमाडौँ — प्रमुख राजनीतिक दलहरूले राजनीतिक अभियानलाई तीव्र पारेका छन् । कांग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादीले संघीय गणतन्त्र एवं संघीयताको सुदृढीकरण र संविधान रक्षाका लागि कार्यक्रम तय गरिरहेका छन् । राप्रपा भने राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै आन्दोलनमा छ ।
प्रमुख प्रतिपक्षी दल माओवादीले १२ फागुनमा झापाबाट सुरु गरेको ‘तराई मधेश जागरण अभियान’ शनिबार चितवन पुगेको छ । अभियान केही दिन स्थगन गरी माओवादी अध्यक्ष पुष्पकमल दाहाल शीर्ष नेताहरूसहित काठमाडौं फर्केका छन् । उनीहरू समाजवादी मोर्चाको १५ चैतमा काठमाडौंमा हुने प्रदर्शनको तयारीका लागि काठमाडौं आएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)