इरानले अमेरिकी एमक्यू–९ रिपर ड्रोन खसालेको दाबी
barnanmedia.com · Sun Jul 19 16:00:00 GMT 2026

अमेरिका–इरानबीच जारी सैन्य तनाव झन् चर्किँदै गएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले खुजेस्तान प्रान्तको अहवाज क्षेत्रमा अमेरिकी एमक्यू–९ रिपर (MQ-9 Reaper) ड्रोन खसालिएको दाबी गरेको छ। इरानी सरकारी सञ्चारमाध्यमहरूले ड्रोन खसालिएको भनिएको भिडियोसमेत सार्वजनिक गरेका छन्।
आईआरजीसीका अनुसार नयाँ हवाई प्रतिरक्षा प्रणाली प्रयोग गरी अमेरिकी मानव रहित अत्याधुनिक ड्रोनलाई निशाना बनाइएको हो। तर अमेरिकाले हालसम्म ड्रोन खसालिएको दाबी वा सार्वजनिक भिडियोबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)