भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार
ratopati.com · Sat Aug 29 14:57:02 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका पर्यटकमध्ये १८७ जनाको उद्धार गरिएको छ । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार बुधबार बिहान भोटेकोशीमा आएको बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये १८७ जनाको उद्धार गरिएको हो । पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएर हराएकमध्ये १५ देशका १८७ पर्यटकको उद्धार गरिएको जानकारी दिनुभयो ।
उद्धार गरिएका पर्यटकमध्ये भारतका ११४, चीनका २७, दक्षिण कोरियाका २०, जर्मनीका चार, बेल्जिएमका एक, बुल्गेरियाको एक, इटाली तीन, माल्टा चार, ओमन एक, पोर्चुगल एक, रसिया दुई, स्पेन दुई, स्वीजरल्याण्ड दुई, टर्की दुई र अमेरिकाका तीन रहेका छन् । बाढीमा परेर अझै ४२० पर्यटक सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)