इन्जिनियरिङलाई राष्ट्र निर्माणको अभियानका रूपमा अघि बढाउनुपर्छ : ऊर्जामन्त्री
annapurnapost.com · Sun Jul 19 16:08:47 GMT 2026

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले इन्जिनियरिङलाई राष्ट्र निर्माणको अभियानका रूपमा अघि बढाउनुपर्ने बताएका छन्। उनले आधुनिक, दिगो र गुणस्तरीय पूर्वाधार निर्माणमार्फत देशको समृद्धिको आधार तयार गर्ने जिम्मेवारी इन्जिनियरहरूको काँधमा रहेको उल्लेख गरे।
६४औँ इन्जिनियर्स दिवसका अवसरमा नेपाल इन्जिनियर्स एसोसिएसनले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले राष्ट्र निर्माणको यात्रामा इन्जिनियरहरूको योगदान अद्वितीय, अपरिहार्य र प्रेरणादायी रहेको धारणा राखे। मन्त्री श्रेष्ठले सडक, पुल, जलविद्युत्, प्रसारण लाइन, सिँचाइ, खानेपानी, भवन तथा सूचना प्रविधि लगायतका आधुनिक पूर्वाधारको विकासले देशको आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै सरकारले गुणस्तरीय, दिगो, सुरक्षित र वातावरणमैत्री पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)