डीआर कङ्गोले रच्यो इतिहास, पहिलोपटक विश्वकपकाे नकआउट चरणमा
ratopati.com · Sun Jun 28 01:37:32 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ मा डीआर कङ्गोले इतिहास रचेको छ। समूह ‘के’ अन्तर्गत अन्तिम खेलमा उज्बेकिस्तानलाई ३–१ ले पराजित गर्दै डीआर कङ्गोले विश्वकप इतिहासकै पहिलो जित दर्ता गर्नुका साथै पहिलोपटक नकआउट चरणमा स्थान सुरक्षित गरेको हो।
सुरुआतमा पछि परेको डीआर कङ्गोले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्यो। टोलीका योआने विस्साले दुई गोल गरे भने फिस्टोन मायेलीले एक गोल थपे। इन्जुरी समयको पहिलो मिनेटमा विस्साले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको ऐतिहासिक जित सुनिश्चित गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)