आजको मौसम : कोशी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा वर्षाको सम्भावना
arthadabali.com · Sun Jun 28 01:45:34 GMT 2026

काठमाडौं / हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। साथै गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभाग, कर्णाली र सुदुरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा ३-४ दिनमा मनसुन बिस्तार हुने सम्भावना रहेको छ।
हाल सुदुरपश्चिम प्रदेशको तराई भूभागमा मूख्यतया सफा रहेको छ। देशका बाँकी भूभागमा आंशिक बादल लागेको छ। । कोशी, बागमती र सुदुरपश्चिम प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भईरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)