सम्पर्कविहीन २२ मध्ये पाँच जना सम्पर्कमा
nepalnews.com · Thu Aug 27 11:05:25 GMT 2026

दाङ । रसुवास्थित भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका दाङका २२ मध्ये पाँच जना सम्पर्कमा आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेका अनुसार तुलसीपुर उपमहानगरपालिकाका तिलक चौधरी र रामकुमार चौधरी, राजपुर गाउँपालिका गोपाल चौधरी र बुद्धिराम चौधरी तथा रोल्पा घर भई तुलसीपुर बस्दै आएका ध्रुव बुढामगर सम्पर्कमा आएका छन् । उनी सकुशल रहेको जनाइएको छ।
तुलसीपुर उपमहानगरपालिकाका कोपिला केसी, खम्बु बोहोरा, शिवशङ्कर जोशी र शोभाराम योगी सञ्चार सम्पर्कमा छैनन्। उनीमध्ये कोपिला र खम्बु स्याफ्र्रुबेंसी स्वास्थ्य चौकीमा कार्यरत छन् भने शिवशङ्कर मैलुङ हाइड्रोपावर, शोभाराम फेवा हाइड्रोपावरको सुरुङ नुवाकोटमा कार्यरत छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)