वनको जग्गामा बसिरहेको दलित बस्तीमा सधैं आश्वासन मात्रै
ekantipur.com · Sun Feb 08 09:17:04 GMT 2026

डडेल्धुरा — हलिया मुक्त घोषणा गरेको १७ वर्ष बितिसक्दा पनि डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भेटामा रहेको दलित बस्तीका बासिन्दा अझै ‘कबुलियती’ वनभिक्र अस्थायी आवासमा जीवन बिताइरहेका छन्।
मुक्त हलियाको परिचयपत्र पाउनबाट छुट हुँदा राज्यले प्रदान गर्ने सेवा पाउनबाट यो बस्ती बञ्चित भएको हो । हलिया मुक्तिको घोषणाले उनीहरूको जीवन बद्लिन सकेन, बरु राज्यको बेवास्ता र चुनावी आश्वासनको चक्रमा यो बस्तीमा रहेका १४ दलित परिवार अल्झिँदै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)