भारतमा बाढी र पहिरोबाट कम्तीमा १९ जनाको मृत्यु
barnanmedia.com · Sun Jul 19 20:15:00 GMT 2026

मनसुनको वर्षाका कारण आएको आकस्मिक बाढी र पहिरोबाट भारतमा आइतबार कम्तीमा १९ जनाको मृत्यु भएको छ । प्रभावित क्षेत्रमा उद्धार कार्य भइरहेको अधिकारी र स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
बाढी र पहिरोबाट म्यान्माको छिमेकी उत्तर–पूर्वी राज्य नागाल्यान्डमा आठ जनाको मृत्यु भएको छ भने भारत नियन्त्रित जम्मु–कश्मीरमा ११ जनाको मृत्यु भएको छ । नागाल्यान्डको मोन जिल्लाका जिल्ला प्रशासक वेन्येइ कोन्याकले एएफपीसँग भने, “हामीले आठ मध्ये चार जनाको शव निकालिसकेका छौँ र उद्धार कार्य जारी छ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)