दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम बढ्यो
ekantipur.com · Sun Feb 08 10:11:13 GMT 2026

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार दोहोरो अंकले घटेर बन्द भएको छ । गत बिहीबार २७.१९ अंकले बढेर बन्द भएको नेप्से आइतबार १०.२५ अंकले घटेको हो ।
बिहीबारको तुलनामा ०.३७ प्रतिशतले घटेपछि आइतबार समग्र नेप्से २ हजार ६ सय ९८.४४ अंकमा ओर्लेको छ । कारोबारमा आएकामध्ये ८५ कम्पनीको सेयर मूल्य बढ्यो, १६८ कम्पनीको मूल्य घट्यो । बाँकी ७ कम्पनीको स्थिर रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)