सर्वसाधारणलाई देश छाड्न रुसले युद्धविराम गर्दै
mahendranagarpost.com · Tue Mar 08 03:45:08 GMT 2022
काठमाडौं -युक्रेनमाथि आक्रमण जारी राखेको रुसले सर्वसाधारण तथा विदेशी नागरिकलाई बाहिर निस्किन दिन आज युद्धविराम गर्ने भएको छ।
संयुक्त राष्ट्र संघका लागि रुसी राजदूत वासिली नेबेन्जियाले मानवीय करिडोरका लागि रुसले मस्कोको समयअनुसार बिहान १० बजेदेखि युद्धविराम गर्ने बताए। यो समयमा राजधानी किभ, चेर्निगोभ, सुमी र मारियुपोलबाट युक्रेन छोड्नेहरुका लागि मानवीय करिडोर खुला गर्न लागिएको हो।
यसअघि हिजो पनि रुसले मानवीय करिडोरका लागि युद्धबिरामको प्रस्ताव गरेको थियो। तर युक्रेनी राष्ट्रपति भोलोमिरि जेलेन्स्कीले युक्रेनबाट रुस र बेलारुसतर्फमात्र जान मिल्ने गरी करिडोर खोल्न लागेको भन्दै आपत्ति जनाएका थिए। जेलेन्स्कीले मानिसहरु जुन मार्गबाट देश छोड्ने चाहे पनि जान पाउनुपर्नेमा रुसले फन्दामा पार्ने गरी करिडोर खोल्न खोजेको भन्दै रुसी प्रस्ताव अनैतिक भएको बताएका थिए।एजेन्सी
स्रोतमा पूरा पढ्नुहोस् (mahendranagarpost.com)