प्रधानमन्त्री राहत कोषमा ५ अर्बभन्दा बढी संकलन
nepalnews.com · Sat Aug 29 15:28:30 GMT 2026

काठमाडौँ। बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा रु पाँच अर्बभन्दा बढी रकम संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत पीडितहरूका लागि आर्थिक सहयोग जुट्ने क्रम बढेको छ।
कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी यी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको पूर्ण विवरण पारदर्शी रूपमा सार्वजनिक गरेको हो। प्रधानमन्त्री दैवी प्रकोप कोषमा आज मध्याह्नसम्म नौ वटा वाणिज्य बैंकका खातामा पाँच अर्ब चार करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको कार्यालयले जनाएको छ। यस्तै, हिमालयन र लक्ष्मी बैंकका खातामा थप १८ लाख आठ हजार १८९ अमेरिकी डलर जम्मा भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)