स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन
barnanmedia.com · Sat Aug 29 15:26:28 GMT 2026

जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ स्वास्थ्यकर्मी एवं उनीहरूका परिवारसमेत गरी १० जना सम्पर्कविहीन अवस्थामा रहेको जनाएको छ ।
जनस्वास्थ्य कार्यालय रसुवाका प्रमुख निदोर्ज घर्तीमगरका अनुसार तीनमहिने छोरासहित टिमुरे स्वास्थ्यचौकीका इन्चार्ज सुस्मिता पाण्डे, आठमहिने छोरीसहित स्याफ्रुबँेसी स्वास्थ्य चौकीका इन्चार्ज खम्बु बोहारा र उनकी पत्नी कोपिला केसी, दालफेदी स्वास्थ्य चौकीका इन्चार्ज विजय घले र रसुवागढी हेल्थ डेस्कका स्वास्थ्यसहायक गोविन्द यादव सम्पर्कविहीन हुनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)