नेतृ सुची घरमा नजरबन्द
hamrakura.com · Thu Apr 18 00:00:00 UTC 2024
काठमाडौँ । जुन्ता सरकारले कैदीहरूलाई लुको लहरबाट बचाउने कदम चालेको घोषणा गरेसँगै कारागारमा रहेकी म्यान्माकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीलाई कारागारबाट घरमा नजरबन्द गरिएको एक सैन्य अधिकारीले बुधबार बताएका छन् ।
भ्रष्टाचारदेखि कोभिड–१९ नियमहरूको उल्लङ्घनसम्म धेरै आपराधिक अभियोगमा ७८ वर्षीय नोबेल पुरस्कार विजेता सुचीले २७ वर्षको कारागार सजाय काटिरहेकी छन्। सन् २०२१ को सैन्य विद्रोहमा सत्ता कब्जा गरेर सेनाले हिरासतमा लिएपछि सुचीलाई धेरै हदसम्म नजरबाट लुकाइएको थियो र उन स्वास्थ्य समस्याले ग्रस्त भएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)