जिम्बाब्वेमा मिनीबस र ट्रक ठोक्किँदा २७ जनाको मृत्यु
ratopati.com · Sat Aug 29 15:30:17 GMT 2026

दक्षिणी अफ्रिकी मुलुक जिम्बाब्वेमा चर्चका सदस्य बोकेको मिनीबस र मालवाहक ट्रक आपसमा ठोक्किँदा २७ जनाको मृत्यु भएको प्रहरी प्रवक्ताले शनिबार बताएका छन् । यो दुर्घटना पछिल्ला दिनमा जिम्बाब्वेमा भएका सडक दुर्घटनाको शृङ्खलाकै अर्को घटना हो ।
प्रहरी प्रवक्ता पल न्याथीका अनुसार शुक्रबार राति सम्मेलनमा सहभागी हुन जाँदै गरेका चर्चका सदस्य सवार मिनीबस चिभु सहरनजिकै ट्रकसँग ठोक्किएको थियो । राजधानी हरारेबाट करिब १३२ किलोमिटर दक्षिणमा पर्ने मुख्य राजमार्गमा अर्को सवारीसाधनलाई उछिन्ने क्रममा ट्रक मिनीबससँग ठोक्किएको उनले विज्ञप्तिमार्फत जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)