घर्तीभिरको चट्टान फुटाइयो
clickmandu.com · Sun Jun 28 02:08:13 GMT 2026

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको सीमा नजिक पर्ने चर्चित घर्तीभिरको चट्टना फुटाएर सडक निर्माण गरिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट आहाले–रेग्मीटार हुँदै सगरमाथा राजमार्ग जोड्ने छोटो दूरीको सडकखण्डमा पर्ने घर्तीभिरको विशाल चट्टान फुटाएर सडक निर्माण गरिएको हो ।
कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास कार्यालय खोटाङमार्फत एक करोड सात लाख ७८ हजार रुपैयाँ लगानीमा सडक निर्माणको काम सम्पन्न गरिएको छ । मन्त्रालयबाट चालु आर्थिक वर्ष २०८२-८३ का लागि विनियोजन भएको दुई करोड रुपैयाँ बजेटमा ठेक्का प्रक्रियाबाट कमला कस्ट्रक्सन एन्ड सप्लायर्स उदयपुरले रु एक करोड सात लाखमा सम्झौता गरेर घर्तीभिरको चट्टान फुटाएको भौतिक पूर्वाधार कार्यालय खोटाङका लेखा अधिकृत सीताराम राउतले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)