एम्बाप्पेलाई लगातार दोस्रो गोल्डेन बुट
baahrakhari.com · Sun Jul 19 23:22:00 GMT 2026
काठमाडौं । फ्रेन्च स्टार केलियन एम्बाप्पेले लागतार दोस्रो पटक फिफा विश्वकपमा गोल्डेन बुट प्राप्त गरेका छन् । सर्वाधिक गोलकर्तालाई गोल्डेन बुट प्रदान गरिँदै आएको छ ।
एम्बाप्पेले यो विश्वकपका आठ खेलमा १० गरे । यसैगरी, उनले चार गोलका लागि असिस्ट पनि दिएका थिए । एम्बाप्पेले अर्जेन्टाइन कप्तान लियोनल मेसीलाई दुई गोलले पछि पारेका हुन् । यससँगै एम्माप्पे दुई गोल्डेन बुट जित्ने पहिलो खेलाडी बनेका छन् । उनले सन् २०२२ मा पनि यो अवार्ड जितेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)