स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनीले भने, ‘हार स्विकार्न जान्नुपर्छ’
ratopati.com · Sun Jul 19 23:38:51 GMT 2026
न्युयोर्क । अतिरिक्त समयमा फेरान टोरेसले गरेको निर्णायक गोलको मद्दतले स्पेनले विश्वकपको उपाधि जितेको छ। १० खेलाडीमा सीमित साबिक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेन विश्वविजेता बनेको हो।
नियमित समयको खेल सकिनै लाग्दा अर्जेन्टिनाका एन्जो फर्नान्डेजले रातो कार्ड पाएका थिए। त्यसपछि १० खेलाडीमा समेटिएको अर्जेन्टिना अतिरिक्त समयमा सम्हालिन सकेन। खेलको १०६ औँ मिनेटमा वैकल्पिक खेलाडी निको विलियम्सको हेडर पासलाई सदुपयोग गर्दै फेरान टोरेसले गोल गरेर स्पेनलाई जित दिलाए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)