तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए
lokaantar.com

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा खोज तथा उद्धारका क्रममा आज चार वटा शव भेटिएको छ । आँबुखैरेनीमा दुई र देवघाट क्षेत्रमा दुई शव फेला परेको हो ।
फेला परेको शवलाई आवश्यक मुचुल्कासहित प्रदेश अस्पताल दमौलीमा ल्याइएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए । त्रिशूली नदी क्षेत्रमा ड्रोनको सहायताबाट पनि शव खोज्ने काम गरिएको उनले बताए । उनले भने, “उद्धार टोली जान नसक्ने स्थानमा ड्रोनबाट हेर्ने काम सुरु गरेका छौँ । यसले शव खोज्न सहज हुनेछ ।”
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)