बर्डफ्लुका कारण जावलाखेल चिडियाखानालाई तीन करोड घाटा
barnanmedia.com · Sun Jul 19 23:42:03 GMT 2026

काठमाडौँ, ४ साउन : ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि २७ दिनसम्म चिडियाखाना बन्द गर्नुपर्दा रु तीन करोड बराबरको आर्थिक क्षति भएको छ ।
बर्डफ्लु सङ्क्रमण देखिएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले गत असार ५ गतेदेखि सर्वसाधारणका लागि बन्द गरेको थियो । सङ्क्रमण नियन्त्रणमा आएपछि यही साउन १ गतेदेखि चिडियाखाना पुनः सञ्चालनमा ल्याइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)