आज साउनको पहिलो सोमबार: किन बस्ने व्रत र यसको पौराणिक महत्त्व के छ ?
ratopati.com · Mon Jul 20 00:18:21 GMT 2026

काठमाडौँ । हिन्दु धर्ममा साउन महिनालाई भगवान् शिवको अत्यन्त प्रिय महिना मानिन्छ । यसै सन्दर्भमा आज साउन महिनाको पहिलो सोमबार विशेष श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । सनातन कालदेखि नै साउन महिनाको प्रत्येक सोमबार भगवान् शिवको व्रत, पूजा–आराधना, जप, तप, अभिषेक तथा दान–पुण्य गर्ने परम्परा चलिआएको छ । यस महिनाको सोमबार श्रद्धापूर्वक व्रत बसेर भगवान् शिवको आराधना गर्दा मनोकामना पूरा हुने, पाप नाश हुने, मानसिक शान्ति प्राप्त हुने तथा परिवारमा सुख, शान्ति र समृद्धि आउने शास्त्रीय विश्वास रहिआएको छ ।
धर्मशास्त्रमा साउन महिनालाई तप, जप, व्रत, दान र शिवभक्तिका लागि अत्यन्त शुभ समय मानिएको छ । साउन महिना भगवान् शिवलाई प्रिय हुनुको एउटा धार्मिक विश्वास समुद्रमन्थनसँग पनि जोडिएको छ । पुराणहरूका अनुसार देवता र दानवहरूले अमृत प्राप्तिका लागि समुद्रमन्थन गर्दा सबैभन्दा पहिले कालकूट (हालाहल) विष निस्किएको थियो । त्यस विषको प्रभावले सम्पूर्ण सृष्टि संकटमा परेपछि भगवान् शिवले लोक कल्याणका लागि उक्त विष ग्रहण गरे, जुन साउन महिना थियो । विषको ताप कम गर्न देवताहरूले शिवलाई निरन्तर जल अर्पण गरेका थिए र यही घटनाको स्मरण गर्दै साउन महिनाभर शिव लिङ्गमा जलाभिषेक गर्ने परम्परा विकसित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)