एम्बाप्पेले जिते लगातार दोस्रोपटक ‘गोल्डेन बुट’
kendrabindu.com · Mon Jul 20 00:30:43 GMT 2026
काठमाडौं । फ्रान्सका स्टार स्ट्राइकर किलियन एम्बाप्पेले विश्वकप फुटबलमा लगातार दोस्रोपटक ‘गोल्डेन बुट’ जितेका छन्। विश्वकपको इतिहासमै उनी लगातार दुईपटक सर्वाधिक गोलकर्ताको पुरस्कार जित्ने पहिलो खेलाडी बनेका हुन्।
हालको विश्वकपमा उनले ८ खेलमा १० गोल गर्दै अर्जेन्टिनाका लियोनेल मेस्सीलाई पछि पारेका हुन्। यसअघि सन् २०२२ को कतार विश्वकपमा पनि ८ गोल गर्दै एम्बाप्पेले गोल्डेन बुट जितेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)