यी प्रदेशमा भारी वर्षाको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह
nepalviews.com · Mon Jul 20 00:32:30 GMT 2026

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सरेसँगै देशभर वर्षाको सक्रियता बढेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ, जसका कारण धेरैजसो भूभागमा बादल लागेको छ।
हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानका साथै सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ। आज सोमबार देशभरको मौसम सामान्यतया बदली रहनेछ। महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। साथै, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा पनि भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)