सेनाकै कारण भदौ २४ को घटना भएको हो
janaaastha.com

माओवादी ‘जनयुद्ध’का जिउँदा शहीद हुन्– हिमाल शर्मा । व्यवस्था परिवर्तनका लागि संघर्षमा होमिँदै गर्दा तत्कालीन शाही सत्ताको ‘आँखी’ बनेका उनी ०६० साल कात्तिक ४ गते जमलबाट पक्राउ परी झण्डै २७ महिना भैरवनाथ गणमा नारकीय जीवन व्यतित गरे । आँखामा पट्टी र हातखुट्टा बाँधियो । हिटरमा पिसाब गर्न लगाएर शारीरिक रूपमा अपांग बनाइयो । त्यहीबेला जनआस्थाले उनीलगायत विना मगर र कृष्ण केसीहरू भैरवनाथ गणभित्रै रहेको समाचार ब्रेक गर्यो र तत्कालीन सत्ताले उनीहरूलाई मार्न सकेन । जबकिसँगै एउटै कष्टडीमा बसेका ज्ञानेन्द्र त्रिपाठीलगायत ४९ जनाको परिवारले न सास, न लाश पाएको स्थिति छ । यदि जनआस्था साप्ताहिकले जोखिम मोलेर सो समाचार ब्रेक नगरेको भए दोश्रो चरणमा उनीहरूको हविगत पनि त्यस्तै हुने बताउँछन्, हिमाल । ०४८, २०५१, २०६१ र २०६३ मा झण्डै १० वर्ष जेल जीवन बिताए । शर्माहरूकै त्याग र बलिदानबाट ल्याइएको गणतन्त्रात्मक व्यवस्थामा रहेको समावेशीता प्रावधानका कारण आज सदनमा नयाँ–नयाँ अनुहारको प्रतिनिधित्व छ । तिनैले बितेको ३५ वर्षमा के भयो भन्दै चिच्याएको देख्दा उराठ लाग्छ । ०६७ मा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको स्ववियु सभापति रहेका उनी नेकपाको पोलिटब्युरो सदस्य र काठमाडौं जिल्ला अध्यक्ष भैसकेका निरन्तर जुझारु नेता हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)