करेन्ट लागेर युवकको ज्यान गयो
gorkhapatraonline.com · Sat Aug 29 15:47:29 GMT 2026

कञ्चनपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । शनिवार घरको छतमाथिको रेलिङ मर्मतको क्रममा करेन्ट लागेर शुक्लाफाँटा नगरपालिका –१० झलारीका अन्जाती ३६ वर्षीय विक्रम चौधरीको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, छतमा रहेको रेलिङ झिक्ने क्रममा सडक छेउबाट तानिएको विद्युतीय तारमा छुँदा करेन्ट लागेर चौधरी गम्भीर घाइते हुनुभएको थियो । गम्भीर घाइते चौधरीलाई उपचारका लागि धनगढी लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभयो । मृतक चौधरीका दुई वर्षीय छोरा र श्रीमती हुनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)