भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार
nepallive.com · Sat Aug 29 15:48:45 GMT 2026

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद्वारा सार्वजनिक गरिएको अद्यावधिक तथ्याङ्क अनुसार बाढी प्रभावित विभिन्न क्षेत्रहरूबाट २ हजार ३०१ जनाको उद्धार तथा प्राथमिक उपचार गरिएको छ भने २७ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन् ।
विपद् व्यवस्थापन तथा खोजतलासका क्रममा विभिन्न जिल्लाका नदी तटीय क्षेत्रबाट शवहरू फेला परेका हुन् । प्रहरीका अनुसार सबैभन्दा धेरै चितवनमा २३३, नवलपरासी पूर्वमा १५८, गोरखामा ५४, धादिङमा ४९, नवलपरासी पश्चिममा ४७, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ जनाको शव संकलन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)