मेसीको सपना अधुरै, अर्जेन्टिनालाई हराउँदै स्पेन बन्यो विश्वविजेता
ajakoartha.com · Mon Jul 20 00:54:00 GMT 2026
काठमाडौैं– थप गरिएको अतिरिक्त समयमा फेररान टोरेसले गरेको निर्णायक गोलको मद्दतले स्पेनले साविक विजेता अर्जेन्टिनालाई १-० ले पराजित गर्दै २०२६ फिफा विश्वकपको उपाधि जितेको छ। अमेरिकाको न्यूजर्सी स्टेडियममा सम्पन्न सनसनीपूर्ण फाइनल भिडन्तमा जित निकाल्दै स्पेनले इतिहासमा दोस्रो पटक विश्वकपको ट्रफी आफ्नो नाममा गराएको हो।
निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। निर्धारित समयको अन्तिम मिनेटमा अर्जेन्टिनाका मुख्य मिडफिल्डर एन्जो फर्नान्डेज रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)