इराकको माटोमा विलिन हुँदै नेपाली श्रमिकका शव
kendrabindu.com · Mon Jul 20 01:18:59 GMT 2026

काठमाडौ । लमजुङको दोर्दी गाउँपालिका–५ पाचोकका लेखमान घलेको शव इराकको स्वशासित राज्य कुर्दिस्तानको गोयरमा शुक्रबार अन्त्यस्टि गरिएको छ। दुई वर्षअगाडि इराक पुगेका लेखमानको उपचारका क्रममा गत १४ चैतमा मृत्यु भएको थियो ।
लेखमानकी आमा र परिवारलाई त छोराको शव घरमै ल्याएर अन्त्येष्टि गर्ने इच्छा थियो । तर उताबाट छोराको शव ल्याउने मान्छे नै भएनन् । ‘जसले पनि सक्तैन भन्छ । हाम्रो जागिर खत्तम हुन्छ, फर्केर फेरि इराक आउन पाउँदैन भन्छ । इराक पठाउने एजेन्टको मोबाइल नै बन्द भयो,’ खरीमायाले निराश हुँदै भनिन्, ‘आखिरमा त्यहीँ राख्नुपर्यो ।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)