पहिलो साउने सोमबार : पशुपतिनाथमा दर्शनार्थीको भीड
nagariknews.nagariknetwork.com · Mon Jul 20 01:18:26 GMT 2026

साउनको पहिलो सोमबार आज पशुपतिनाथ मन्दिरमा शिव भगवानको पूजाआराधना तथा दर्शन गर्न आएका भक्तजनको भीड लागेको छ। साउन महिना भगवान शिवको महिना मानिने हुनाले यो महिनामा पर्ने हरेक सोमबार पशुपतिनाथ मन्दिरमा भक्तजनको ठूलो भीड लाग्ने गर्छ।
साउने सोमबारको अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन र विशेष पूजा व्यवस्थापनको तयारी गरिएको छ। दर्शन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन पशुपति क्षेत्र विकास कोषका सबै पदाधिकारी, कर्मचारीका साथै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौं महानगर प्रहरी र विभिन्न धार्मिक तथा सामाजिक संस्थाको विशेष सेवा एवं सहभागिता रहेको छ। साउनको सोमबार पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने लाखौँ श्रद्धालु भक्तजनलाई सहज, सुरक्षित, मर्यादित र व्यवस्थित वातावरणमा दर्शन तथा पूजा गराउने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)