३८० अंकको गिरावट र ६ खर्ब गुमेपछि सेयर बजारमा देखिएको आशा, दिगो सुधार कि अल्पकालीन राहत ?
clickmandu.com · Mon Jul 20 01:28:43 GMT 2026

काठमाडौं । लगातार संकुचनमा धकेलिएको सेयर बजारले गत साताबाट भने लगानीकर्तामा एक किसिमको आशा प्रवाह गरेको छ । सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३८० अंकले घटेपछि र कुल बजार पुँजीकरण ५ खर्ब ९३ अर्ब रुपैयाँले संकुचित बनेपछि भने सेयर बजारमा केही सकारात्मक संकेत देखिएको हो ।
रास्वपा सरकार गठनअघि अर्थात् २०८२ चैत १२ गते २९५० बिन्दुमा रहेको नेप्से गत सोमबार अर्थात् असार २९ गतेसम्म आईपुग्दा ३८० अंकले घट्दै २५७० बिन्दुसम्म खुम्चिएको थियो । यस्तै, २०८२ चैत १२ गते ५० खर्ब ९ अर्ब ३८ करोड रुपैयाँ रहेको बजार पुँजीकरण असार २९ गतेसम्म आइपुग्दा ५ खर्ब ९३ अर्ब २९ करोड रुपैयाँले घटेर ४४ खर्ब १६ अर्ब ९ करोड रुपैयाँमा सीमित हुन पुगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)