विश्वकप–२०२६ सफल भएको छ : फिफा अध्यक्ष
barnanmedia.com · Mon Jul 20 01:21:14 GMT 2026
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले सहआयोजक अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको भूमिकाको प्रशंसा गर्दै विश्वकप फुटबल–२०२६ सफल भएको बताउनुभएको छ ।
राष्ट्रपति ट्रम्पले म्यानहटनको ट्रम्प टावरमा इन्फान्टिनो र अन्तर्राष्ट्रिय फुटबल स्टारका लागि आयोजना गरेको स्वागत समारोहमा फिफा अध्यक्ष इन्फान्टिनोले भन्नुभयो, “यस विश्वकपबाट संसारभरिका मानिसलाई एकजुट बनाउने आफ्नो लक्ष्य हासिल भएको छ । हरेक खेलमा टिकट पूर्ण बिक्री हुनु, उच्च टेलिभिजन रेटिङ्स विश्वकपले सबैको अपेक्षा पूरा गरेको प्रमाण हुन् । उहाँले संसारलाई एकताबद्ध गर्ने अमेरिकी सपना वास्तविकतामा परिणत भएको पनि बताउनुभयो । यसै गरी राष्ट्रपति ट्रम्पले यो विश्वकपलाई इतिहासको सबैभन्दा ठुला खेलकुद कार्यक्रममध्ये एक हो ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)