फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध
baahrakhari.com · Mon Jul 20 01:39:31 GMT 2026

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । आज बिहान २ः२० बजे पहिरो गएसँगै सवारी आवागमन ठप्प भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले बिहान ९ बजेसम्म पहिरो पन्छ्याएर आवागमन सञ्चालन गर्ने गरी काम भइरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)