साउनको पहिलो सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो, खुला गरिए चारै ढोका
hamrakura.com · Mon Jul 20 00:00:00 GMT 2026
काठमाडौँ । यस वर्षको साउन महिनाको पहिलो सोमबार आज बिहानैदेखि काठमाडौँको पशुपतिनाथलगायत मुलुकभरका शिवालयहरूमा दर्शनार्थीहरूको ठूलो घुइँचो लागेको छ। साउने झरीको प्रवाह नगरी श्रद्धालुहरू बिहानैदेखि मन्दिर पुगेका छन्।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठका अनुसार दर्शनार्थीको सहजताका लागि बिहान ३:०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै वटा ढोका खुला गरिएको छ। मन्दिरका ढोकाहरू बेलुका आरतीपछि ८:०० बजेसम्म खुला रहनेछन् भने विशेष पूजाको समय बिहान ८:३० देखि मध्याह्न १२:०० बजेसम्म मात्र तोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)