वान स्टेप फाउन्डेसनको २५ लाख रुपियाँ सहयोग
gorkhapatraonline.com · Sat Aug 29 15:57:30 GMT 2026

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि अमेरिकामा रहेको परोपकारी संस्था वान स्टेप फाउन्डेसनले २५ लाख रुपियाँ सहयोग गरेको छ।
टेक्ससमा कार्यालय रहेको फाउन्डेसनका संस्थापक तथा परोपकारी धावक बाल जोशीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपियाँ जम्मा गर्नुभयो । उहाँले सोको जानकारी दिदै टेक्ससस्थित नेपाली महावाणिज्यदूत सुरेश अधिकारीलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो । चेक बुझ्दै महावाणिज्यदूत अधिकारीले विपत्तिको समयमा नेपाल सरकार र प्रभावित नागरिकलाई सहयोग गरेकोमा जोशीप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)