त्रिशुली–३ 'ए' मा गरिएको ड्रिलिङमा आंशिक सफलता, अक्सिजन पठाउने प्रयास
nepallive.com · Sat Aug 29 15:55:34 GMT 2026

काठमाडौं– बुधबार बिहानको भोटेकोशीमा आएको बाढीका कारण लेदो र माटोले पुरिएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमार्गमा उद्धारका लागि भइरहेको ड्रिलिङ कार्यमा आंशिक सफलता प्राप्त भएको छ ।
बिहानैदेखि प्राविधिकसहितको सुरक्षाकर्मी टोलीले पुरिएको सुरुङमा जमेको लेदो पन्छाउँदै ड्रिलिङमार्फत मार्ग खोल्ने प्रयास गरिरहेको थियो । सो क्रममा केहीबेर अघि सुरुङको माथिल्लो भागमा रहेको ‘क्राउन’ पहिचान घटनास्थलबाट जानकारी प्राप्त भएको ऊर्जा मन्त्रालयको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)