रौतहट प्रहरीको एक वर्षः ४४८ फरार प्रतिवादी पक्राउ
rajdhanidaily.com · Mon Jul 20 02:12:20 GMT 2026
पर्सा । जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८२र८३ मा विभिन्न मुद्दामा ६९४ जनालाई पक्राउ गरेको छ । कार्यालयले आइतबार पत्रकार सम्मेलन गरी एक वर्षको अवधिमा रु पाँच करोडभन्दा बढी मूल्यबराबरका भन्सार छलीका सामान बरामद गरिएको जनाएको छ । वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले वर्षभरि एक हजार १५२ वटा मुद्दा दर्ता भएको जानकारी दिए ।
तीमध्ये ६८० वटा मुद्दा फर्छ्योट भइसकेका छन् भने ४७२ वटा अनुसन्धानकै क्रममा छन् । त्यस्तै चार हजार ८५० ठाडो उजुरी परेकामा चार हजार ३८० फछ्र्योट भएको र ४७० प्रक्रियामा रहेको कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)