रेफ्रिजरेटिङ कन्टेनर अभावमा भोटेकोशी बाढीका शव व्यवस्थापन चुनौतीपूर्ण
barnanmedia.com · Sat Aug 29 15:58:09 GMT 2026

भोटेकोशी बाढीमा परी मृत्यु भएका ६६९ जनाको शव फेला परे पनि पर्याप्त ‘रेफ्रिजरेटिङ कन्टेनर’ र फरेन्सिक चिकित्सकको अभावमा शवको सुरक्षित व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।
नेपाल प्रहरीका अनुसार आज अपराह्नसम्म फेला परेका ६६९ शवमध्ये १४८ महिला, २६८ पुरुष, २२ बालिका, २० बालक तथा २११ आंशिक अङ्गसहितका शव छन्। रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४९, चितवनमा २४८, गोरखामा ५४, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ७५ शव फेला परेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)