एमाले प्रचार विभाग प्रमुख आचार्यको दाबीः जनताका मूर्च्छित सपना जगाउँदै ८ वर्षमा देखिने काम गरेका छौँ
nepalpress.com · Mon Jul 20 02:18:13 GMT 2026

काठमाडौँ । नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले ‘३५ वर्षमा के गर्यौ’ भनेर प्रश्न गर्नेहरुलाई एमालेकै शासनकालमा जनताका मूर्च्छित सपना जागेको बताएका छन् । उनले पार्टीका तर्फबाट तीन जना प्रधानमन्त्री हु्रँदा नै देशमा विकासको काम भएको, देखिने काम भएको र यो समय एकदम थोरै रहेको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै आचार्यले एमालेका ३ जना प्रधानमन्त्रीले ८ वर्ष मात्रै शासन गरेको र यही बेला देशले प्रगतिको फड्को मारेको बताएका छन् । उनले भनेका छन्, ‘३५ वर्षमा झन्डै २७ वर्ष अन्य राजनीतिक दलहरूले शासन सञ्चालन गरेका हुन्, एमालेले नेतृत्व गरेको छोटो अवधिमा भएका काम आफैँमा ऐतिहासिक र युगान्तकारी छन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)