दाङमा फेला पर्यो चराजस्तै गुँड बनाउने दुर्लभ राज गोमन
newsofnepal.com · Mon Jul 20 02:31:43 GMT 2026
दाङ।
दाङको घोराही उपमहानगरपालिका–१८ स्थित सामुदायिक वन क्षेत्रमा नेपालका लागि अत्यन्त दुर्लभ मानिने राज गोमनको गुँड फेला परेको छ । यो विश्वकै सबैभन्दा लामो विषालु सर्प हो । स्थानीयवासीको सूचनाका आधारमा फोटो पत्रकार तथा सर्प उद्धारकर्ता कुलदीप न्यौपानेले उक्त गुँड फेला पार्नुभएको हो । हाल उहाँ गुँड रहेको क्षेत्रको निरन्तर निगरानी गर्दै यसको संरक्षणमा सक्रिय रहनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)