राष्ट्रिय सभाअन्तर्गतका तीन समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
nepalviews.com · Mon Jul 20 02:39:06 GMT 2026

राष्ट्रिय सभाअन्तर्गतका तीन वटा विषयगत समितिको बैठक आज सोमबार बस्ने भएको छ। संसद् सचिवालयले सूचना जारी गर्दै सम्बन्धित समितिका सदस्य र सरोकारवालाहरूलाई बैठकमा उपस्थित हुन आग्रह गरेको हो।
बिहान ११:०० बजे सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक समितिको कक्षमा बस्नेछ। उक्त बैठकमा संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाद्वारा तयार पारिएको राष्ट्रिय महिला आयोगको कार्य प्रभावकारितासम्बन्धी अध्ययन प्रतिवेदनमाथि छलफल र अन्य विविध विषयमा विचारविमर्श हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)