दीपाश्री ब्रेन ट्युमरको शल्यक्रियापछि स्वास्थ्यलाभ गर्दै
newsofnepal.com · Mon Jul 20 02:45:45 GMT 2026

सुटिङ र डबिङ कार्यमा लगातार खटिइरहेकी अभिनेत्री तथा फिल्म निर्देशक दीपाश्री निरौलालाई ब्रेन ट्युमर देखिएपछि शल्यक्रिया गरिएको छ। शल्यक्रियापछि उनी राजधानीको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा स्वास्थ्यलाभ गरिरहेकी छिन्। वरिष्ठ न्युरोसर्जन डा. वसन्त पन्तको नेतृत्वमा रहेको चिकित्सक टोलीले उनको सफल शल्यक्रिया गरेको हो।
उनका सहकर्मी कलाकार दीपकराज गिरीका अनुसार फिल्मको सुटिङकै क्रममा दीपाश्रीलाई ब्रेन ट्युमर भएको पत्ता लागेको थियो। त्यसपछि निर्माण टोली अन्योलमा परेको र तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्था सिर्जना भएको उनले जानकारी गराएका छन्। उनका अनुसार उपचारका लागि भारत जान धेरैबाट सुझाव आए पनि अन्ततः नेपालमै डा. वसन्त पन्तबाट शल्यक्रिया गराउने निर्णय गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)