निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
nepalpress.com · Mon Jul 20 02:47:50 GMT 2026

चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पुर्याएको क्षतिबापत एक करोड २९ लाख ९८ हजार ३ सय ७ रुपैयाँ राहत वितरण गरिएको छ । वन्यजन्तुका कारण भएको मानवीय क्षतिसहित अन्न बाली तथा पशुधन क्षतिबापत राहत वितरण गरेको हो ।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार गत आर्थिक वर्षमा वन्जयजन्तुका कारण मानिसमा सामान्य क्षति भएको उपचारका लागि एक लाख ३४ हजार १ सय ७६ रुपैयाँ, गम्भीर घाइतको उपचारका लागि २९ लाख ४२ हजार ४ सय ८१ रुपैयाँ, पाँच जना मानिसको मृत्यु भएको र उनीहरुलाई ५० लाख रुपैयाँ राहत प्रदान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)