स्पेनसँगको फाइनल हारपछि धेरै बेर भावुक मुद्रामा देखिएका मेस्सीले के भने ?
nepalviews.com · Mon Jul 20 02:57:00 GMT 2026
काठमाडौं । फिफा विश्वकपको फाइनलमा स्पेनसँग पराजित भएपछि अर्जेन्टिनी कप्तान लियोनल मेस्सी मैदानमै भावुक बनेका छन्। अमेरिकाको मेटलाइफ रंगशालामा भएको रोमाञ्चक फाइनलमा अर्जेन्टिनालाई १–० गोल अन्तरले पराजित गर्दै स्पेनले विश्वकपको उपाधि जितेको छ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयको दोस्रो हाफ सुरु भएको ३७ सेकेन्डमै स्पेनका फेरान टोरेसले निर्णायक गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए। सो गोलसँगै ३९ वर्षीय मेस्सीको लगातार दोस्रो पटक विश्व विजेता बन्ने सपना अधुरै रह्यो। सन् १९६२ मा ब्राजिलपछि लगातार दुई विश्वकप जित्ने पहिलो पुरुष टोली बन्ने अर्जेन्टिनाको लक्ष्यमा स्पेन बाधक बन्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)