बुटवल–सालझण्डी सडक अवरुद्ध, वैकल्पिक मार्गसमेत डुबानमा
baahrakhari.com · Sun Jun 28 02:40:02 GMT 2026

बुटवल । निरन्तर वर्षापछि रुपन्देहीको सैनामैना नगरपालिकाअन्तर्गत पर्ने घमाहा खोलामा आएको बाढीले बुटवल–सालझण्डी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
घमाहा खोलामा निर्माण गरिएको डाइभर्सनमा पानीको बहाव बढेपछि सडक बन्द भएको थियो । त्यसपछि सञ्चालनमा ल्याइएको वैकल्पिक मार्गको मुर्गियादेखि उत्तरतर्फ रहेको पुलमाथिबाट समेत खोला बग्न थालेपछि वैकल्पिक सडक पनि अवरुद्ध भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)