मधेशमा बालबालिकाका लागि ‘मृत्युका पासो’ बन्दै खाल्डाखुल्डी
shilapatra.com · Mon Jul 20 03:27:16 GMT 2026

३२ असारमा बाराको करैयामाई गाउँपालिका–३ गालोपाट्टीकी ११ वर्षीया रोशनी चौधरी बाख्रा चराउन गएकी थिइन् । स्थानीय गौतम इँटा उद्योगले माटो निकाल्न खनेर छाडेको खाल्डोमा जमेको पानीमा डुबेर उनको मृत्यु भयो । त्यसको केही दिनअघि अर्थात् २८ असारमा सिरहाको गोलबजार नगरपालिका–७ चोहर्वामा पुरानो पशुहाट नजिक रहेको पानी भरिएको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाले ज्यान गुमाए ।
कवाड संकलन गरेर जीविकोपार्जन गर्ने अवास शेषकी १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया छोरी रुबिना खातुन र ७ वर्षीय छोरा साइफुल शेषको मृत्यु भयो । त्यसअघि १४ असारमा रौतहटको गढीमाई नगरपालिका–१ स्थित बागमती नदीको घरैयाघाटमा डुबेर दुई बालकको मृत्यु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)