जवाङ खोलामा पहिरो जाँदा मुग्लिङ-काठमाडौं सडक पुनः अवरुद्ध
annapurnapost.com · Mon Jul 20 03:29:24 GMT 2026

धादिङ : धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला क्षेत्रमा फेरि ढुङ्गासहितको पहिरो खस्दा मुग्लिङ–काठमाडौं सडकखण्ड दुईतर्फी रूपमा अवरुद्ध भएको छ।
पहिरोसँगै माथिबाट निरन्तर ढुङ्गा झर्ने क्रम जारी रहेकाले पहिरो हटाउन कठिनाइ भइरहेको छ। सडक अवरुद्ध भएसँगै सयौँ यात्रुवाहक तथा मालवाहक सवारीसाधनहरू राजमार्गमै रोकिएका छन् भने यात्रुहरूले सास्ती व्यहोर्नुपरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)