भोटेकोसी बाढी संकट : राज्यलाई सहयोग गर्ने समय
ratopati.com · Thu Aug 27 11:12:38 GMT 2026

देश फेरि शोकमा छ । हामीले दुःखलाई पनि कति धेरै किस्तामा भोगिसक्यौँ । कहिले भूकम्पले घरसँगै सपना भत्कायो । कहिले पहिरोले बस्ती बगायो । कहिले सप्तकाेशी, राेशीले मानिसका जीवन र वर्षौँको कमाइ एकैछिनमा खोस्यो । कहिले हिमपहिरो, कहिले हिमताल विष्फोट, कहिले आकस्मिक बाढी । विपद्का नाम फरक छन् तर हरेकपटकको पीडा उस्तै छ । मानिसको घर रित्तिन्छ । परिवार छुट्टिन्छ । आमाको काख खाली हुन्छ ।
बुधबार बिहानै रसुवा, भोटेकोशी क्षेत्रमा आएको आकस्मिक बाढीले नेपाल–चीन सीमादेखि नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । उद्धार र खोजी जारी छ । त्यसैले मृतक, बेपत्ता र भौतिक क्षतिको अन्तिम विवरण आएकाे छैन । अहिले मानिसको जीवन ठूलो हो । अहिलेको पहिलो काम एउटै हो, मानिस बचाउनू । यस्तो बेला देश शोकमा हुन्छ । तर शोक भनेकाे आँसु मात्रै हाेइन जिम्मेवारी पनि हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)