बाढी प्रभावित क्षेत्रमा अनुमति नलिई ड्रोन नउडाउन सरकारको आग्रह
clickmandu.com · Sat Aug 29 16:05:52 GMT 2026

काठमाडौं । रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य भइरहेका बेला अनुमति नलिई ड्रोन नउडाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।
प्राधिकरणले एक सूचना जारी गर्दै उद्धार कार्य भइरहेका बेला केही व्यक्ति तथा संस्थाले स्थानीय प्रशासनको पूर्वस्वीकृति नलिई अनधिकृत रूपमा ड्रोन उडाउने गरेको पाइएको जनाएको छ। यसबाट हवाई सुरक्षामा गम्भीर जोखिम पैदा हुनुका साथै हेलिकप्टरमार्फत भइरहेको खोजी तथा उद्धार कार्यमा प्रत्यक्ष बाधा पुग्ने प्राधिकरणले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)