प्रधानमन्त्री राहत तथा दैवी प्रकोप उद्धार कोषमा रकम पठाउँदा कारोबार सीमा नलाग्ने
kendrabindu.com · Thu Aug 27 11:14:04 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले बाढी तथा डुबान प्रभावित नागरिकको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा रकम पठाउँदा मोबाइल बैंकिङ, वेब एप्लिकेसन तथा ई–मनीमार्फत हुने कारोबारमा अधिकतम सीमा लागू नगर्न भुक्तानी सेवा प्रदायक संस्थालाई निर्देशन दिएको छ ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले बुधबार जारी गरेको सूचनामार्फत अनुमतिप्राप्त भुक्तानीसम्बन्धी संस्थालाई यस्तो व्यवस्था गर्न जानकारी गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)